रोकिराखेको लरीमा यात्रुवाहक बस ठोक्कियो : तीन जनाको मृत्यु, दर्जनबढी घाइते

काठमाडौं । सर्लाहीमा रोकिराखेको भारतीय मालवाहक लरी (ट्रक)मा बस ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १ दर्जनभन्दा बढी घाइते भएका छन् । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान दुर्घटनामा भएको हो ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बस रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरीमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परी रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको छ । घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस