धादिङमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औँ र १९२औँ शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससँगै वाग्मतीमा सञ्चालनमा रहेका शाखाहरूको संख्या ५४ पुगेको छ ।

गजुरी र धार्केमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरूको शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा धादिङबासीहरूको सेवामा आइपुगेको बताए ।

नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखाहरूमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ । साथै डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ ।

धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिनमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गजुरी–१ अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।

सिटिजन्स बैंकले १९२ वटा शाखा कार्यालय, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस