फाइल फोटो

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई युवकको गयो ज्यान

काठमाडौँ । सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

सोमबार अपराह्न ४ः२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए । ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो । शव अस्पतालमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस