क्रिकेटलक्षित डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले समूह चरणअन्तर्गत भोलि शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग तेस्रो खेल खेल्दै छ । त्यस्तै, असार ३ गते बिहान ५ः१५ बजे बंगलादेशसँग चौथो खेल खेल्ने भएको छ ।

यी दुई खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।

डिशहोम फाइबरनेटकोले ‘इतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२ घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत गरेको हो ।

रिचार्ज गर्नको लागि ग्राहकहरूले आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सकिनेछ । साथै, अनलाइन पेमेन्ट वालेटमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ग्राहकवर्गले ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।

यो विशेष ७२ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय …

प्रतिकृया दिनुहॊस