नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस कारसँग ठक्कर खाँदा त्रिशुलीमा खस्यो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे१ख ४०६० नम्बरको यात्री बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएका हुन् ।

कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनामा परी २० जना घाइते भएकोका पाँच जनाको अवस्था गम्भीर छ ।

कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री भन्दाअघि परराष्ट्रमन्त्री राणा चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको जनाइएको छ । गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए ।

प्रतिकृया दिनुहॊस