काठमाडौंबाट सुर्खेत जाँदै गरेको बससँग ठोक्कियो पिकअप भ्यान

काठमाडौं । कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुद्ध भूमि नगरपालिका-४ झडुलामाईमा मंगलबार बिहान साढे ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीकाअनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२-००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको हो ।

ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइते भएको ८ जनालाई उपचारको लागि बुटवल पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस