काठमाडौं । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराकासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ ।
वातावरण र विकासको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासहितको समन्वयमा ‘साथसाथै फाउन्डेसन’को आयोजनामा बिहान काठमाडौंमा र्यालीसहित जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । भद्रकालीदेखि वसन्तपुरसम्म जनचेतनामूलक प्ले कार्डसहित र्याली गरिएको थियो ।
कार्यक्रममा सहभागी सरकारी अधिकारी र संघसंस्थाका प्रतिनिधिहरूले वातावरण संरक्षणमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले आ-आफ्नो क्षेत्रबाट गर्न सकिने प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
तपाईंको प्रतिकृया




