मुक्तिनाथ बैंकका ग्राहकहरूलाई काठमाडौंकोे ‘स्काइवाक टावर’ मा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग काठमाडौंकोे कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग द्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको ATM Card प्रयोग गरी नेपालभरि रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after