ह्वात्तै बढ्यो काठमाडौंमा गर्मी, धनगढीको कति छ ?

काठमाडौं । उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस (डिसे) तापक्रम मापन भएको छ, जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो । तर, पूर्वी र मध्यतराईमा तातो हावा नचले पनि गर्मी भने धेरै नै छ ।

मौसमविद् चिरञ्जीवी भेटुवालले भनेझैँ पश्चिम तराईको तुलनामा पूर्वी तराईमा अधिकतम तापक्रम कम छ । तर, तापक्रम कम देखिए पनि गर्मी अत्यधिक छ । बुधबार विराटनगरको अधिकतम तापक्रम ३६.६, धरानको ३६ र जनकपुरको ३९.८ डिसे मापन भएको छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा तापक्रम बढ्न नसक्नुका दुई कारण छन् ।

पहिलो, बंगालको खाडीमा बनेको रेमल नामक चक्रवातका कारण पूर्वी तराईसहित कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा भएको छ, जसका कारण तापक्रम बढ्न नपाएको हो । दोस्रो, बंगालको खाडीमा मनसुनी गतिविधि सुरु भइसकेको छ । ‘बंगालको खाडीमा भइरहेको मनसुनी गतिविधिले पूर्वी नेपालमा जलवाष्प आइरहेको छ, यस्तो अवस्थामा पानी पर्न नसके पनि चिसो हावा चल्छ, यसले तुलनात्मक रूपमा तापक्रम बढाउन दिँदैन,’ मौसमविद् भेटुवालले भने ।

नेपालमा मनसुन भित्रिन भने अझै समय लाग्छ । भारतको केरला क्षेत्रमा १ जुनसम्म मनसुन पुग्दा त्यसको कम्तीमा १० दिनमा पूर्वी नेपालमा पुग्ने आकलन गरिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस