आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

यो दिन चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री