बिहानैदेखि पानी पर्‍यो, यस्तो छ दिउँसोको पूर्वानुमान

काठमाडौं । देशका केही भू-भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री