स्कुल बसमा आगो लगाउने विव्यस अध्यक्ष पक्राउ, यसअघि जलाएका थिए लघुवित्त

काठमाडौं – चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारु (महेश)लाई प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागममती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले बताएको छ । पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।

उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दै विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो ।माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गर्ने उनी जिल्लामा गतिविधि गर्दै आएको प्रहरीको भनाई छ । नेकपा (माओवादी)का महासचिव महावीरले शनिबार विज्ञप्ति जारी गरेर प्रवक्ता महेशलाई चितवन प्रहरीले शुक्रबार अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै भत्सर्ना समेत गरेका छन् ।बसको आगो लगाउन ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो । सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर-२६ ज्योतिनगरस्थित सुर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस