कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासँग आजदेखि प्रश्नोत्तर

काठमाडौं । नागरिकता कीर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको आजदेखि बयान शुरु हुँदैछ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । सिरोहियालाई शुक्रबारसम्म मात्रै तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको थियो ।

बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो । अध्यक्ष सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ । प्रहरीले पाएको म्याद बिहीबार नै सकिएको छ । बिहीबार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लग्दैछ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस