भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता

काठमाडौं । भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता भएको छ।

प्रभु बैंक लिमिटेडका ग्राहकतथाकर्मचारीहरुलाई बिराटनगर – ७,मोरङ्गस्थित भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि (बीईजीसीएल)ले अन्तरङ्ग तथाबहिरङ्ग सेवामाओपिडि सर्जरी, शल्यक्रिया, पावरचस्मा, औषधीखर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो।

एक समारोहकाबिच भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टरप्रालिका संचालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रिकुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि मापेश गर्नुपर्ने छ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवाप्रदायक भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले निरन्तर स्तरिय आँखासम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टरप्रालिमा परामर्श तथा उपचार सेवाहरुमा १०∞ देखि १५∞ सम्मको छुट व्यवस्था रहेको छ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथाहालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुलनाराका साथमा बैंकिङ एवं वित्तीय सेवाप्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चैतसम्म भाखा नाघेको ऋण असारभित्रै भुक्तानी गरे ऋणीलाई एनआईसी एसियाले ब्याजमा छुट दिने

काठमाडौँ । एनआइसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा …

प्रतिकृया दिनुहॊस