कामु सीईओ खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

उनले कायममुकायम सीईओको रूपमा काम गर्दै आएका थिए । बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल चार वर्ष रहने बैंकका नियुक्तिपत्रमा उल्लेख गरिएको छ । यसअघि सीईओ नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री