सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग

काठमाडौँ । विगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गहरुमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवा (RO) वाटर फिल्टर सहयोग प्रदान गरेको छ ।

बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरूलाई कठिनाइका साथसाथै स्वास्थ्यकर्मीहरूलाई पनि सेवा प्रवाहमा असहजता भएको हुँदा अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको हो ।

बैंकको यस कार्यबाट सेवाग्राहीहरूलाई अस्पतालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने सङ्क्रमणहरूमा कमी आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदानगर्दै आएको छ ।

हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंककाे ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । …

प्रतिकृया दिनुहॊस