विवाहका लागि चर्च खोज्दै रोनाल्डो दम्पत्ति

काठमाडौं । युभेन्टसका पोर्चुगिच स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विवाह गर्ने भएको छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले इटालीयन क्लब युभेन्टसबाट व्यवसायीक रूपमा फुटबल खेल्दै आएका पोर्चुगलका रोनाल्डोले आफ्नो एक सन्तानकी आमा तथा फियोन्सी जर्जियाना रोड्रिग्वेजसँग विवाह गर्न लागेका हुन् ।

चार सन्तानसमेत भइसकेको उनीहरूको एक सन्तान जर्जियाना आफैले जन्माएकी हुन् भने दुई छोरा र एक छोरी रोनाल्डोले सरोगेसी मार्फत जन्माएका हुन् । ३३ वर्षीय रोनाल्डो र २४ वर्षीय रोड्रिग्वेजले केही समयअघि इनगेजमेन्टसमेत गरेका थिए ।

बिवाहको तयारीमा लागेको यो जोडीले अहिले विवाह गर्ने स्थानको खोजीमा लागेका छन् । उनीहरुले इटालीकै टुरिनमा रहेको कुनै चर्चमा बिहे गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस