बन्दुक खेलाउने क्रममा पड्किएर रामबहादुर घाइते

कठमाडौं । रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । रामेछाप नगरपालिका- ६ च्यास्कुका ५२ वर्षीय रामबहादुर तामाङले भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

उनको पेटमा बन्दुकको छर्रा, बारुद लागेकाे थियाे । जिल्ला अस्पताल रामेछापडाँडामा सामान्य उपचारपश्चात थप उपचारको उनीलाई पाटन अस्पताल काठमाडौंमा ल्याइएको छ ।

प्रहरीले त्यहाँबाट १ नाल भरुवा बन्दुक र बारुद जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after