काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किए, एक युवकको मृत्यु

काठमाडौं  । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मंगलबार बेलुकी प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन् । दुर्घटना हुँदा स्कुटरमा सवार हाल २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री