विरासत फर्काउन एक हुँदै कोइराला परिवार

काठमाडौं । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् ।

हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ।

उनीहरू तीनै जना १३औं महाधिवेशनबाट ब्याक भएको आफ्नो परिवारको राजनीतिक यात्रालाई एक भएर थाम्नेगरी अघि बढेका हुन् । यसको संकेत उनीहरूले आइतबार मोरङमा भएको एक कार्यक्रममा एउटै मालामा बाँधिएर गरेका छन् ।

तीनै नेताले कोइराला परिवारको कर्मथलो कोइराला निवासलाई साक्षी राखेर आइतबार ऐतिहासिक घोषणासमेत गरेका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस