सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको छ । यो दिन छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ७०० रुपैयाँले घटेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ओरालो यात्रामा सुनको भाउ, दुई सातामा ८ हजार ८ सय रुपैयाँ सस्तो

काठमाडौं । नेपालमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । पछिल्ला दुई सातामा मात्रै सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो । कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ ।

प्रतिकृया दिनुहॊस