मलेसिया : आगलागीमा परी नेपाली युवकको मृत्यु

काठमाडौं । बैतडीका एक युवकको मलेसियामा आगलागीमा परी ज्यान गएको छ । मेलौली नगरपालिका–१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।

उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष शरद नेगीले बताए । दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds