आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
वैशाख ३१, २०८१ ई.सं. 13 May, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ बछलाथ्व कालयुक्त उत्तरायण वसन्त सोमबार वैशाख शुक्लपक्ष तिथि षष्ठी दिनरात, त्यसपछी षष्ठी नक्षत्र पुनर्वशु १४:०९ बजेसम्म, त्यसपछी तिष्य योग शूल १०:३३ बजेसम्म, त्यसपछी गण्ड करण कौलव १६:५९ बजेसम्म, त्यसपछी तैतिल ०५:२०बजेसम्म, त्यसपछी तैतिल चन्द्रराशि मिथुन आनन्दादि योग धुम्र दिनमान १३:२६ सूर्योदय ५:१८ सूर्यास्त १८:४४ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। खानपिन प्रति सजग रहन बढी जरूरी छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री