बोक्सी आरोपमा ७२ वर्षीया वृद्धालाई मलमूत्र खुवाई निर्घात कुटपिट, तीन झाँक्रीसहित सैनिक जवान पक्राउ

काठमाडौं । धादिङको सिद्धलेक-४ गौंथलेमा ७३ वर्षीया सेतीमाया लायोमगरलाई बोक्सी आरोपमा मलमूत्र खुवाई झाँक्री र सैनिक जवानले निर्घात कुटपिट गरेका छन्। गम्भीर घाइते उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

कुटपिट गर्ने धामीहरू हर्कबहादुर पुलामी, खोलबहादुर पुलामी र यमबहादुर मगर र नेपाली सेनाको कुलेखानीस्थित राजगणमा कार्यरत धनबहादुर गुर्मछान मगरलाई धादिङ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। धादिङबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

राजनीतिक दलका कार्यकर्ताले मिल्न दबाब दिएकाले कात्तिक २८ गते साँझ घटना भए पनि उजुरी गर्न तीन दिन ढिला भएको पीडित परिवारले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस