रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका-५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३२ वर्षीय सुचन राईको मृत्यु भएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्मा घर भएका राई हाल दिक्तेलको हाट डाँडामा बस्दै आएका थिए । करिब ४० मिटर अग्लो भीरबाट खसेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल लगिएका राईलाई साँझ करिब ७ः४० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । रक क्लाइम्बिङका लागि दुई जना साथी सहित बुद्धेश्वरस्थित भीरमा पुगेका थिए ।

पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले गत चैत २३ गते मझुवा भीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघलाई ल्याएर सोही भीरमा ६ दिन तालिम सञ्चालन गरिएको थियो । तालिम लिने सात स्थानीय र सशस्त्र प्रहरीका गरी १२ जनामध्ये मृतक राई एक जना थिए । घटनाबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले शिष्टाचार भेट

अजरवैजान । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस