सुधारगृहमा युवकको मृत्यु, परिवारले गरे हत्याको आशंका

काठमाडौं । कैलालीमा सुधार गृहमा राखिएका युवकको शंकास्पद मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटाको नयाँ बाटो पुनर्स्थापना सुधार केन्द्रमा सोही ठाउँ २ का २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो ।

सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिप्रेन्द्रकुमार पालले बताए । उनकाअनुसार छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तर शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हाम फालेको बुझिएको डीएसपी पालले शाहीले बताए ।

मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या गरिएको आरोप लगाएका छन् । मृतकका बुवा धनराज जोशीले छोराको हत्या गरेको भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे ।

सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिएको दाबी गर्दै उनले कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाएका छन् । लागुऔषध प्रयोगकर्ता रहेका शाहीलाई परिवारले सुधार केन्द्रमा गत पुसमा राखेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपा महामन्त्री मुकुल ढकालको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन

काठमाडौं । बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भने ।

प्रतिकृया दिनुहॊस