सांसदको सपथ लिँदै सुहाङ नेम्बाङ

काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन् ।

नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए ।

खड्काभन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस