अध्ययन अवधिभरको खर्च बन्दोबस्त गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउनू : नेपाली दूतावास

काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावास अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको छ । दूतावासले एक सूचना जारी गर्दै अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको हो ।

स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर मात्र क्यानडा आउन क्यानडास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । त्यस्तै आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्ने खाने खर्चको प्रबन्ध गरेर मात्र क्यानडा आउन दूतावासले सचेत गराएको हो ।

कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकिन गरेर मात्र शैक्षिक शुल्क तिर्न र डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्ने दूतावासको सुझाव छ । सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिने भन्दै दूतावासले सचेत गराएको हो ।

यस्तो छ क्यानडास्थित नेपाली राजदूतावासको सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस