काठमाडौं । काठमाडौंको पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बागमती प्र०२-०२७ प ८२८० नम्बरको मोटरसाइकलका र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार दुर्घटनामा परी काठमाडौँ महानगरपालिका १२ का २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनापछि प्रहरीले पिकअप भ्यानका चालक भक्तपुरको लोकन्थली बस्ने सौरब बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईंको प्रतिकृया




