रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तार थरुहट आन्दोलन प्रतिको धोका भएको उनले बताएका छन्।

यस्तै उनले अर्को स्टाटसमा उल्लेख गरेका छन्, ‘जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्नुस् तर म पहिचानको आन्दोलनलाई बिस्थापित गर्न सक्दैन । आजको यहिदिन देख्नको लागि म आठ बर्ष जेल बसेको रहेछुँ । मेरो श्री सम्पतिमा आगो लागेको सहें,तीन बर्ष प्रवास सहें । जेल नेल सहें । आरोप प्रत्यारोप सहें । अब सहन के नै बाँकी छ र ?’

यतिमै उनी रोकिएका छैनन्। अर्को स्टाटस फेरि लेखेका छन्, ‘कोहि सांसद बने,कोहि मेयर बने, कोहि मन्त्री बने । म के बनें रु संघर्ष गर्न सिकएकै छुँ । गर्नुस् ,बिजय बन्नुस् ।’

केही दिनपहिले मात्रै श्रीमती रञ्जितासँग सहमती भएको सार्वजनिक गरेका थिए। तर मंगलबार साँझ भने सम्बन्ध सबै समाप्त भएको, बिश्वास माथिको अघात भएको र यो भन्दा अपराध अरु केही हुन नसक्ने पनि बताएका छन्।

‘अब एक महिना आराम चाहन्छुँ । अति भो ।’, भन्दै अर्को स्टाटस लेखेलगतै अर्को स्टाटसमा फेरि–’धेरै बेच्यौ,अब बिक्दिन होला भन्दै उल्लेख गरेका छन्।’

नागरिक उन्मुक्ति पार्टी कुनैपनी हालतमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सरकारमा सहभागी हुन नसक्ने उनको भनाई छ। यो पार्टीको रणनीति बिपरित कार्य भएको पनि चौधरीले उल्लेख गरेका छन्।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका सांसललाई समेट्दै मन्त्री मण्डल विस्तार भएको छ। दुवै मन्त्री रञ्जिता पक्षका हुन्। जुन निर्णयले रेशम असन्तुष्ट देखिएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

काठमाडौं । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर …

प्रतिकृया दिनुहॊस