डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो ।

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् ।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

मृतक भट्टराई पूर्व वडा अध्यक्ष पनि हुन् । अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा चुनाव लडेका उनी पराजित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds