पेस्तोल पड्किँदा प्रहरी घाइते, इञ्चार्ज निलम्बित

काठमाडौं । बझाङमा एक प्रहरीले पेस्तोल पड्काएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।

बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमबार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको हो ।

पेस्ताेल पड्किँदा एक प्रहरी जवानलाई चोट लागेको छ । बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्दा जवान पुदल सिंह रानाको खुट्टामा चोट लागेको हाे । अहिले उनको उपचार भइरहेको बताइएको छ।

घटनापछि वडा प्रहरी कार्यालयका इञ्चार्ज रावललाई निलम्बित गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले शिष्टाचार भेट

अजरवैजान । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस