जब गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो…

काठमाडौं । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा बिहान आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds