प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच अनलाइन भुक्तानी सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीले प्रभु बैंकमा रहेको खाताबाट सहजै मोबाइल एप्लिकेसनबाटै भुक्तानी सम्बन्धी काम गर्न सक्नेछन् ।

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर र गण्डकी ट्याक्सी व्यवसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो ।

सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकले उपलब्ध गराउने क्यूआरमार्फत झन्झटबिना ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन् ।

गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस