सल्यानमा पुलबाट बस खस्यो, उद्धार जारी

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बिहान करिब ११ बजेतिर बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनाका घाइतलाई अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए ।

बस दुर्घटनाका घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन थालिएको उनले जानकारी गराए । बस दुर्घटनाको कारण भने खुल्न नसकेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after