उत्कृष्ट प्रदर्शनमा हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍यो । हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

हङ्कङविरुद्ध जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो । यससँगै नेपाल एक खेल अगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री