सिद्धार्थ इन्स्योरेन्सको नाफा ४ करोड ४६ लाख

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो तीन महिनामै ४ करो ४६ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ ।

सिद्धार्थको नाफा अघिल्लो वर्षको यही अवधिमा ४ करोड १२ लाख ६ हजार रुपैयाँ थियो । यो विमा कम्पनीको चुक्ता पुँजी ८६ करोड रुपैयाँ छ ।यो विमा कम्पनीले जगेडा कोषमा १६ करोड रुपैयाँ राखेको भने बिमा कोषमा ५७ करोड र महा विपत्ती जगेडामा ८ करोड राखेको छ ।

यसको चालू आवको पहिलो त्रैमाससम्ममा खुँद विमाशुल्क आर्जन २३ करोड ३९ लाख, पुनर्विमा कमिशन आयबाट ८ करोड ८८ लाख र अन्य लगानी तथा आयबाट १ करोड ९७ लाख कमाएको छ ।

यसको कुल विमाशुल्क आर्जन ५२ करोड जारी विमालेखको संख्या ३८ हजार १४८ वटा रहेको छ ।कम्पनीले यो अवधिसम्ममा गरेको दाबी भुक्तानी २२ करोड २९ लाख छ भने भुक्तानी हुन बाँकी रकम ६५ करोड ८६ लाख रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस