घर निर्माण सम्पन्नको प्रमाणपत्र दिँदा घुस माग्ने पोखराकी इन्जिनियर उषाकिरण पक्राउ

काठमाडौं । पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेकी छन्‌ । उनलाई पोखरा ५, मालेपाटनबाट अख्तियारले बुधबार राति १ लाख ५० हजार घूससहित पक्राउ गरेको हो ।

अख्तियारले गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको छ । कुँवर भने पोखराको महेन्द्रपुलबाट पक्राउ परेका हुन्‌ ।

उनीहरुले सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ घूस लिएको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले घूस रकमसहित पक्राउ गरिएको पुष्टि गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री