राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ ।

सत्तारुढ दलहरुले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस