माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

काठमाडाैं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ ।

महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइएको थियो । तर,  त्यसको कार्यान्वयन भएको थिएन । महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । महासंघका महासचिव सरोज सिटौलाले फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।

हाल ट्याक्सी चालकहरुले भने फ्लोरेसेन्ट ज्याकेट लगाउँदै आएका छन् । आगामी दिनहरुमा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने महासचिव सिटौलाको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस