प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं ।  नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ। नेपाल प्रहरीको प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा भएको जानकारी दिएको छ ।

बढुवा हुनेमा इन्सपेक्टर निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलबहादुर खड्का रहेका छन् ।

बढुवा हुनेहरू २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

सूचीः-

1-1712189325.jpg

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री