काठमाडौं । पृथ्वीरामार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार बिहान भएको दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।पोखराबाट
दमौलीतर्फ आउँदै गरेको ना५ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको वाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ बस्ने ३१ वर्षीय विकाश त्रिपाठी रहेका छन् । यस्तै कारमा सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सन्जीव भण्डारी घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेहरूको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




