कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो । तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस