गृहमन्त्री लामिछानेको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्रीको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिमा कांग्रेसको आपत्ति गरेको बताएकी हुन् ।

गृहमन्त्री लामिछानेले मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणी गरेका थिए । ‘ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो,’ उनले भनेका थिए, ‘काँग्रेसले ४ वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’

सांसद न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन् । ‘कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ । प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन । सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो । त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा,’ उनले भनिन्, ‘सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ । बजेटको छलफलको विषयमा हामी तयार छौँ । अवरोध गर्दैनौँ । छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन । उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ । झन् शंका उब्जेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप