गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन, १५ जना पक्राउ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लाछिानेको राजीनामा माग्दै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारअगाडि प्रदर्शन भएको छ । उनीहरूले अर्थमन्त्री वर्षमान पुनको पनि विरोध गरेका छन् । कांग्रेस निकट विद्यार्थीहरूको संगठन नेविसंघको चाबहिल क्याम्पस एकाइका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्लेकार्ड र पोस्टरसहित प्रदर्शनमा निस्किएका नेविसंघका १५ बढी नेता/कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेका व्यक्ति गृहमन्त्रीमा रहनु अनैतिक हुने भन्दै उनीहरूले नैतिकताको आधारमा राजीनामा दिन माग गर्दै नाराबाजी समेत गरेका थिए ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after