सकियो क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ ।

कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकाेमा सभाले सर्वसम्मत पारित गरेको छ ।

उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैध र विदुर पुरी कम्पनीको संचालक पदमा निर्विरोध निर्वाचित भएको छ । साथै, यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।

सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरीक्षणको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठबाट स्वागत मन्तव्य व्यक्त गरेको उक्त सभामा उपस्थित शेयरधनी महानुभावहरू तथा अन्य उपस्थित व्यक्तिहरूको लागि कम्पनीको प्रगतिको बारे जानकारी गराउँदै, नव निर्वाचित संचालक सदस्यहरूलाई शुभकामना तथा बधाई दिँदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित सभा विसर्जनको घोषणा गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ क्यापिटलको सीईओमा मनीष घिमिरे नियुक्त

काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after