हिमालयन बैंकले स्थानान्तरण गर्‍यो गोंगबु शाखा

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट सेवा विस्तार गरेको छ।

गत फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन्।

यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुरू गरेकोे छ।

हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप