उच्च बिन्दुमा सुनको मूल्य, आज पनि हिजोकै भाउ

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

तेजाबी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री