काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।
यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
तपाईंको प्रतिकृया




