एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

काठमाडाैं । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । प्रतिद्वन्द्वी कृष्णबहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा थापा विजयी भएका हुन् ।

थापाको २८० पाउँदा नेपालीको २०५ मत प्राप्त गरे। उपाध्यक्षमा थापा प्यानलका मेनबहादुर अधिकारी १४९ मतले विजयी भएका छन् । विजयी अधिकारीले २७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत ल्याए । उपाध्यक्षका अर्का उम्मेदार कृष्ण काप्रीले ७१ मत पाए ।

सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याए । उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गरे । त्यस्तै उपसचिवका उम्मेदार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे ।

उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी हुँदा नानु थापा मगरले १५० मत पाइन् । एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेसन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो । निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान ३ बजे मात्र सार्बजानिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको सर्कुलर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ । नेपाली काँग्रेस डडेलधुराले देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरिसकेको छ ।

प्रतिकृया दिनुहॊस